२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

गैँडाकोट महोत्सवको ५० हजार दर्शकद्वारा अवलोकन

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवको ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि सोमबारसम्म ५० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।

महोत्सव अवलोकनका लागि आउने दर्शकको संख्या उल्लेख्य रहेको भन्दै सापकोटाले सोमबारमात्रै सात हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका बताए । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा जलपरी, ओपेरा हाउस मुख्य आकर्षणको रुपमा रहेको उनको भनाइ छ । महोत्सवमा कृषि परिसर, व्यापारिक स्टल, अटो, बाल उद्यान तथा रेस्टुरेन्ट रहेका छन् ।

करिब २५० स्टल रहेको महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । पाण्डेका अनुसार महोत्सवमा करिब २५ करोड रुपैयाँबराबरको कारोबार हुनेछ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँ मूल्यको टिकट तथा विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै पाण्डेले शैक्षिक संस्थाबाट संस्थागतरुपमा सहभागी हुने विद्यार्थीहरुलाई समेत निःशुल्क प्रवेश दिइने बताए । महोत्सव परिसरलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी तथा सिसिटिभी क्यामेराबाट निगरानी गरिएको पाण्डेले बताए ।

यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत सोमबार चर्चित कलाकारहरु हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी तथा दीपक खड्काले प्रस्तति राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार उनीहरुले सोमबार दर्शकलाई सांस्कृतिक प्रस्तुति दिएर भरपूर महोत्सव दिएका थिए । त्यस्तै, शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गाएर दर्शकलाई मनोरञ्जन दिएका लम्सालको भनाइ छ ।

महोत्सवमा स्थानीय कला र संस्कृति प्रवद्र्धन गर्न सोमबारसमेत भजन प्रतियोगिता जारी रहेको छ । विभिन्न भजन समूहले प्रस्तुति राखेका भन्दै लम्सालले भजन प्रतियोगिताम जम्मा १८ समूह सहभागी रहेका जानकारी दिए । भजन प्रतियोगितामा पहिलो हुने समूहलाई महोत्सव समापनका दिन पुरस्कार प्रदान गरिने लम्सालले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।