रत्ननगर । बकुलहर रत्ननगर अस्पतालको आयोजनामा नसर्ने रोगहरुको स्क्रिनिङसम्बन्धी प्रयोगशाला जाँच शिविर इलाका प्रहरी कार्यालय रत्ननगर परिसरमा सम्पन्न भएको छ ।
शिविरमा इलाका प्रहरी कार्यालय रत्ननगर र मातहतका प्रहरी गरी ९२ जना, थुनुवा १८ जना र निर्वाचन प्रहरी २०० जना गरी कुल ३१० जनाले प्रयोगशाला जाँच गराएका थिए ।
मधुमेह परीक्षण गराएका २३३ जना पुरूषमध्ये ३२ जना र ७७ महिलामध्ये ८ जनामा मधुमेहको लक्षण देखिएको थियो । यस्तै, पिसाबबाट मिर्गौलासम्बन्धी स्क्रिनिङमा २३३ पुरूषमध्ये ४ जना र ७७ महिलामध्ये ८ जनामा एल्बुमिन लिकेज भएको पाइएको सिअहेव अधिकृत नारायणप्रसाद ढुङ्गानाले जानकारी दिए ।
शिविरमा बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अङ्कुर पौडेल, प्रयोगशालाका टेक्निकल सुपरभाइजर सुरज अधिकारी, सिअहेव अधिकृत नारायणप्रसाद ढुङ्गानालगायत हेल्थ असिस्टेन्टका विद्यार्थीहरु र ल्याब टेक्निसियनका विद्यार्थीहरुले सेवा दिएका थिए ।






