२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

सिमलटाँडीमा बसको ठक्करबाट महिलाको मृत्यु

खैरहनी । खैरहनी नगरपालिका वडा नं–९, सिमल टाँडीचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिहीबार बिहान १ः२० बजे बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

काठमाडौँबाट धनुषातर्फ जादै गरेको प्रदेश १–०२–००१ ख ९०११ नम्बरको बसमा सवार धनुषा नगरपालिका वडा नं–२ बस्ने ५२ वर्षीया सिकिलदेवी पूर्वे गाडी रोकेर शौचालय जान झरेको अवस्थामा बागमती प्रदेश ०१–००६ ख ५२१७ नम्बरको अर्को बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा गम्भीर घाइते भई पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा बिहीबार बिहान १ः३७ बजे डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।