२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

झुवानी माविमा २०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

झुवानी । रत्ननगर–५ मा रहेको झुवानी माविका विद्यार्थी, अभिभावक तथा स्थानीयलाई लक्षित गरी आइतबार २०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

परोपकार आयुर्वेद अस्पताल, भरतपुर–१०, चितवनको सहयोगमा आयोजित कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईंले विद्यार्थीहरूको स्वास्थ्य शिक्षासँग जोडिएको विषय भएकाले विद्यालयस्तरमै स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुनु अत्यन्तै लाभदायक रहेको बताए ।

उनले विद्यालयलाई केवल शिक्षा दिने स्थान मात्र नभई स्वास्थ्य, सचेतना र सामाजिक सन्देश प्रवाह गर्ने केन्द्रको रूपमा पनि अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यस्तै, आयुर्वेद अस्पतालका सञ्चालक विराट रेग्मीले समुदायलाई स्वास्थ्यसेवामा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । समाजसेवी हरिप्रसाद पन्तले विद्यालयमा गरिएको यस किसिमको पहलले स्थानीय अभिभावक र विद्यार्थीलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य केशवप्रसाद भट्ट, प्रधानाध्यापक नवीनचन्द्र भट्टराई, विद्यालय नर्स प्रियंका अधिकारीको आतिथ्यता रहेको थियो । सो अवसरमा परोपकार आयुर्वेद अस्पतालका सञ्चालक विराट रेग्मी, व्यवस्थापक लोकराज अवस्थी, डा. सृष्टि भट्टराई, सहियता खातुन तथा समाजसेवी हरिप्रसाद पन्तलगायतले स्वास्थ्य जाँच तथा परामर्शसेवा प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा औषधिसमेत प्रदान गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।