२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

रत्ननगर-३ मा स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँचसम्बन्धी स्वास्थ्य शिविर

रत्ननगर । रत्ननगर-३ वडा कार्यालय र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको संयुक्त आयोजनामा स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँचसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरको पहिलो दिन १०३ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा ३० जनाको स्तन क्यान्सर परीक्षण गरिएको आधारभूत स्वास्थ्यकेन्द्र इन्चार्ज निर्दोषी घिमिरेले जानकारी दिइन् । शिविरमा एक जनामा पाठेघरको मुखको क्यान्सर पाइएको छ भने १२ जनामा पाठेघरको मुखमा सङ्क्रमण र महिनामारी समयमै नहुने १३ जनाको उपचार गरिएको छ ।

स्तनबाट पिप र रगत बग्ने समस्या भएका ३ जना, स्तनमा गठागुठी देखिएका ७ जना र स्तन दुख्ने समस्या भएका ६ जनाको उपचार गरिएको घिमिरेले बताइन् ।

वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुखअतिथि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्य शिला अधिकारी रहेकी थिइन् । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र उपनिर्देशक डा. उमेश नेपालको विशेष उपस्थिति थियो ।

सो अवसरमा प्रमुखअतिथि अधिकारीले क्यान्सरजस्तो प्राणघातक रोगबाट महिलाहरूलाई जोगाउन शिविर सञ्चालन गरिएको बताइन् । वडाध्यक्ष खरेलले स्तन र पाठेघरमा हुन सक्ने क्यान्सर रोकथामका लागि घरआँगनमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको स्पष्ट पारे ।

शिविरमा प्रसूति रोग विशेषज्ञ डा. मञ्जु पाण्डे र स्तन शल्य चिकित्सक डा. अनुप भट्टचनको नेतृत्वमा चिकित्सकहरूको टोलीले महिलाहरूको परीक्षण गरेका थिए ।

आधारभूत स्वास्थ्यकेन्द्रमा सञ्चालित कार्यक्रममा वडा सदस्य शिव खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य बैसखनी थरुनी, महिला स्वास्थ्य स्वयंसेविका समन्वय समिति रत्ननगरकी अध्यक्ष मीना गिरी, लेखक तथा साहित्यकार कमल अर्याललगायत टोल विकास संस्थाका अध्यक्षहरूको सहभागिता थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।