२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

पूर्वी चितवन विद्यालयस्तरीय गायन प्रतियोगितामा मदरल्यान्डका काव्य लामा प्रथम

रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको हिमालयन इङ्ग्लिस सेकेन्डरी स्कुलको आयोजनामा शुक्रबार पूर्वी चितवन विद्यालयस्तरीय गायन तारा प्रतियोगिता–२०८२ सम्पन्न भएको छ ।

प्रतियोगितामा १८ विद्यालयका २८ प्रतियोगीले सहभागिता जनाएका थिए । जसमा मदरल्यान्ड एकाडेमी, खैरहनीका छात्रा काव्य लामा प्रथम, स्काइराइडर सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, रत्ननगरका छात्रा अन्वेषा पाठक द्वितीय, सैनिक आवासीय महाविद्यालय, खैरहनीका छात्रा अग्रता थपलिया तृतीय, एकता शिशु निकेतन, रत्ननगरका छात्र प्रियम ढकाल र सिद्धिविनायक सेकेन्डरी स्कुल, कालिकाका छात्रा स्मिता पोखरेलले सान्त्वना स्थान हासिल गरेका छन् ।

विजयी विद्यार्थीहरुलाई नगदसहित ट्रफी र प्रमाणपत्र एवम् पाँच विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सहभागी विद्यालय र प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्रकाश परियार, प्रकाश चर्मकार र ईश्वर दुवाडीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीमध्ये दोस्रो चरणमा प्रवेश गरेका १० प्रतियोगीमध्येबाट विजेता छनोट गरिएको हो ।

स्कुलका प्राचार्य नरेन्द्रप्रसाद बेल्वासेको अध्यक्षता एवम् नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रत्ननगर–१ का कार्यवाहक वडाध्यक्ष गिरिराज लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष गोपालप्रसाद पौडेल, स्कुलका निर्देशक हरि शर्मा आचार्य, सह-प्राचार्य उमेशजङ्ग कुँवर र नवराज गिरीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक शिक्षक रवीन्द्र शर्मा चालिसेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्कुलका तर्फबाट विभिन्न छात्रछात्राहरुले नृत्य तथा गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।