रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१, नगरपालिका चोकमा आइतबार बिहान ००ः५५ बजे मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम सडकखण्डमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना १७ प ७९० नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा चालक खैरहनी–१०, जीवनपुर बस्ने ३० वर्षीय जितेन्द्र चौधरी गम्भीर घाइते भएका हुन् ।
निजको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।











