२०८२ चैत्र १२ बिहीबार
२०८२ चैत्र १२ बिहीबार

थ्री एन्जल नेपालद्वारा मानव बेचबिखनविरुद्ध सचेतना

राप्ती । थ्री एन्जल नेपालको आयोजनामा पूर्वी चितवनको राप्ती–१, लोथरमा मानव बेचबिखनविरुद्धको जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि अस्थायी प्रहरी चेक पोस्ट राप्तीका प्रमुख गोपिबहादुर ब्लोनले मानव बेचबिखन ओसारपसार न्यूनीकरण गर्न तीनै तहका सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिए । उनले यस्ता जघन्य अपराध दिनहुँ मौलाउँदै जानुमा लैङ्गिक हिंसा पनि प्रमुख कारण रहेकाले समाजमा समयमै सचेतना अपनाउन नसकिए ठूलो असर गर्ने बताए ।

कार्यक्रमका अतिथि लोथर टोल विकास संस्थाका अध्यक्ष होमबहादुर रुम्बा, समाजसेवी डम्बरबहादुर ढुङ्गाना, ट्राफिक प्रहरी बलराम थापामगरलगायतका वक्ताहरुले समाजमा देखापर्ने कुनै पनि आपराधिक गतिविधिबारे समाजलाई सजग बनाउँदै सोको न्यूनीकरणका लागि प्रहरीसँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरे ।

राप्ती नगरपालिकाका महिला, यातायात व्यवसायी र होटल व्यवसायीका प्रतिनिधिहरु सहभागी रहेको कार्यक्रममा प्रमुखअतिथि ब्लोनले मानव बेचबिखन तथा ओसारपसारले निम्त्याउने जोखिम, रोकथामका उपाय तथा कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

परेवाश्वरी सामुदायिक वनका उपाध्यक्ष प्रेमबहादुर खुलालको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन थ्री एन्जल नेपाल पूर्वी चितवनकी संयोजक सुनिता सिलवालले गरेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।